पछिल्लो निर्वाचन तयारीका बारेमा प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं, १७ चैत-प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय तहको निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गर्नुहुने भएको छ ।

दाहालले अपरान्ह चार बजे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाउनुभएको छ ।
छलफलमा निर्वाचनको अहिलेसम्मको तयारीका विषयमा परामर्श गर्नुहुनेछ ।

स्थानीय तहको निर्वाचन तोकिएको समयभित्र हुने दाबी गर्दै आउनुभएका प्रधानमन्त्री दाहालले आन्दोलनरत समूह मधेसी मोर्चालाई पनि चुनावमा भाग लिने गरेर गृहकार्य गरिरहेको जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here