न्युजिल्याण्ड महिला टोलीद्धारा वेन डे क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान

एजेन्सी–न्युजिल्याण्ड महिला टोलीले अन्तराष्ट्रिय वेन डे क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएको छ । आईयरल्याण्डविरुद्ध ४ सय ९० रनको उच्च योगफल तयार पार्दै किविज टोलीले इतिहास रचेको हो ।

आयरल्याण्ड र ईंग्ल्याण्ड भ्रमणमा रहेको टोलीले २१ वर्ष अघिको ४ सय ५५ रनको आफ्नै कीर्तिमान तोडेको हो । आयरल्याण्डविरुद्ध ३ सय ४६ रनको जित निकाल्दै न्युजिल्याण्डले अर्को कीर्तिमान समेत बनाएको छ ।

कप्तान सुजी ब्याट्सले ९४ बलमा १ सय ५१ र म्याडी ग्रिनले १ सय २१ रनको उत्कृष्ट योगदान गरिन् । न्युजिल्याण्डको महिला टोलीले पुरुष क्रिकेटमा ईंग्ल्याण्डको ४ सय ४४ रनको कीर्तिमानलाई पनि पछाडि पारेको छ ।

आयरल्याण्डका बलर भने एक दिवसीय क्रिकेटका महंगा सावित भए । १४ वर्षिया कारा मुरेले २ विकेट लिंदै १ सय १९ रन दिईन् । ४ सय ९१ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३६ औं ओभरमा १ सय ४४ रनमा सीमित भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here