काठमाडौं,५ जेठ । प्रदेश ५ मा पछिल्लो समय सवारी दुर्घटना बढेका छन् । पछिल्लो नौ महिनामा मात्रै ४ सय ९६ जनाले सवारी दुर्घटनामा परी मृत्युभएको छ । टाफिक प्रहरी कार्यालय, बुटवलका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मा साना तथा ठूला सवारी दुर्घटनामा परी ४ सयबढीको मृत्युभएको छ ।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको छ । प्रहरीका अनुसार, चालू आर्थिक वर्षको ९ महिनामा १ सय ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८४ पुरुष, ९ महिला छन् । रुपन्देहीका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ बालक र ३ बालिकाको पनि ज्यान गएको छ । दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ ।

