नेशनल मेडिकल कलेजले पायो सम्बन्धन

काठमाडौं,४ भदौं– त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने गरी सम्बन्धन दिएको छ ।
साउन १२ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको त्रिविका राजिष्टार डा.डिल्लीराम उप्रेतीले जानकारी दिनु भयो ।
सर्वोच्च अदालतले एक महिना अघि मात्रै काठमाडौं नेशनललाई सम्बन्धन दिनु भन्ने आदेश दिएकाले उक्त आदेश कार्यान्वयन गर्दै सम्बन्धन दिएको डा. उप्रेतीले बताउनु भयो ।
उपत्यकामा १० बर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनशन बसे पनि त्रिविले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here