नेविसंघ वाम गठबन्धन, विवेकशील जस्ता पार्टीका विद्यार्थीको चपेटामा परिसक्यो…

प्रतिनिधि तथा प्रदेशसभासंगै स्थानीय तहको निर्वाचनमा अपेक्षा कृत नतिजा हासिल गर्न नसकेको नेपाली काँग्रेसको सांगठनिक सुधार आवश्यक रहेको सबैलाई जानकारी नै छ । केहि साता अघि नेपाल विद्यार्थी संघका एक पक्षका नेता कार्यकर्ता नेतृत्वको चर्काे आलोचन गर्दै महाधिवेशनको माग गर्दै सडक उत्रीए..अर्काे पक्ष छुट्टै गोप्पे बैठक आह्वान गरेको समाचार बाहिर आयो..त्यो संगै अध्यक्षले मनोमानी ढङगले नियुक्ती, विदेश भ्रमण लगायतका विषय सिफारिस भएका पत्रहरु भेटिन थाले ..आज हामीले यसै विषयमा केन्द्रीत भएर नेविसंघका केन्द्रीत सदस्यसंग कुराकानी गरेका छौं..,
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले खास्सै सोचेको अनुरुप मत ल्याउन सकेन , यसको नेविसंघको भुमिका, जिम्मेवारी केहि थिएन.. ?
नेपाल विद्यार्थीसंघ सिङगो विद्यार्थीहरुको हक र हितकालागि काम गर्ने संघ हो । तपाइले भने झै स्वाभाबिक रुपमा नेपाली काँग्रेसको अपेक्षकृत नतिजा आउन नसक्नुमा नेविसंघ पनि जिम्मेवार छ । हामीले आफ्नो गल्ती स्विकार्नुपर्छ र सच्चीएर अघि बढ्न सक्नुपर्छ । अब काँग्रेसमा सुधारको आवश्यकता छ । नेपाल विद्यार्थी संघ जसरी सकृय भएर काम गर्नुपर्ने थियो त्यसरी काम गर्न सकने हामी जिम्मेवारीबाट चुक्यौं.. ।

तपाईको संगठन भित्र गुट उपगुटका भिन्न भिन्न कार्यक्रमहरु हुने गर्दछन्, तपाईहरुमा एक अर्काको अस्तित्व स्विर्कान नसकेको हो ?
हा..हाहा..त्यो हाईन..सन्तोष जी, संघको ११ औ महाअधिबेशनले दिएको माण्डेट र प्रथम बैठक निर्णय भन्दा संघका सबै साथिहरु बाहिर रहनु भो । कुनै पनि संघमा गुट हुनु स्वाभाबिक हो । बिचार, लक्ष्य र एजेण्डा मिल्नेहरु हरेक संगठनमा समुह हुन्छ त्यो स्वाभाबिक हो । जिम्मेवार पक्षले मुर्त रुपमा सांगठनिक एजेण्डाहरु प्रस्तुत गरी अघी बढ्न र सबैलाई समेट्न नसक्नाले बिभिन्न समुह को फरक–फरक कार्यक्रमहरु भएको होलान ..तर हामी एक हौं भन्ने भावना पलाउन आवश्यक छ ।
कस्तो अचम्म..तपाईको पार्टीका नेताहरुले ठुट छैन भन्छन्..तपाई गुट छ भनेर सहजै स्विकार्नुहुन्छ..संघठन भित्र बिभिन्न गुटले फरक कार्यक्रम गर्नु राम्रो हो या यसको मुख्य कारण चाहि ?
तपाईको प्रश्नमा म केहि सहमत छु..तर पार्टीमा गुट नै छैन भन्ने नेताहरुले पार्टीको महाधिवेशनमा हेरि सके..बिशेष हामी ११ औ महधिबेशन बाट निर्वाचित भएपछिको समयमा पहिलो बैठक सबैको उपस्थितिमा भयो ..त्यसपछि दोस्रो बैठकबाटै भिन्नभिन्न स्थानमा बस्न थाल्यो ..त्यो गुट होइन ?  संघठनमा रहेका बिबिध आन्तरिक समस्याहरु अधिबेशन बाँकी रहेका र बिवादित जिल्लाका नेतृत्व चयन प्रकृया,पदाधिकारीहरुको स्वःनिर्णय, नेतृत्वले गरेका अबैधानिक निर्णयहरु र ब्यक्तीबादी एकल स्वार्थहरु हावीहुनु नै मुख्य कारण हो के सन्तोष जी । जुन समस्याको समाधान नेतृत्वले प्रारम्भिक चरण मै गर्नु पर्ने थियो जस्को ब्यवस्था भो अहिले ठुलो रुप र फराकिलो घेरा लिन पुग्यो ।
अर्काे कुरा पुजन जी…? संगठनमा प्रतिपक्षको भूमिकामा रहेका साथीहरुले अध्यक्ष नैनसिंह महर लाई मात्र दोष दिनुहुन्छ के दोषी उहाँ मात्र हो ? फेरि तपाईं वरिष्ठ नेता पौडेल पक्षिय मानिनु हुन्छ नि ?
धन्यावाद.. तपाईलाई पनि त्यस्तो लागेको रैछ..सर्व प्रथम यो भन्छु कि मैले रामचन्द्र पौडेलको समुहको सदस्यता लिएर राजनिती गरेको होइन नेबिसंघको सदस्यता लिएको हो ।

संघठन भित्रको हरेक समस्यामा केन्द्रीय सदस्यको हैसियतले म पनि दोषी रहन सक्छु । सबै साथीहरु को आफ्नो आफ्नो जिम्मेवारी र भूमिका छ..यसमा सबैको केहिहद सम्म कमिकमजोरी हुन सक्छ । देखिएका र उत्पन्न हुने आन्तरिक समस्या लाई समाधानको बाटोमा लैजानु पर्ने जिम्मेवारी अध्यक्षको हो ।

त्यसैले अध्यक्ष ज्यू बढी जिम्मेवार रहनु पथ्र्याे त्यो उहाँको भुमिका हो..। उहाले जुन जिम्मेवारी फराकिलो मन बनाएर गर्न सक्नु भएन । समस्या उत्पन्न भएको उहाँलाई प्रारम्भमै थाहा थियो कुनै एक पक्षको साथ लिएर संघठन हाक्छु भन्ने घमण्ड र भ्रम सहित बिभिन्न समुह लाई टेस्ट गर्न खोज्नु भो…अध्यक्ष ज्यू असफल हुनु भो यो नै उहाँको मुख्य कमजोरी हो ।
उसो भए नेविसंघमा सबै लाई आफु नेता बन्ने चाहना र स्वार्थले हो त यो समस्या सृजना भएको ?
हेर्नुहोस्..राजनीति भनेकै नेता बन्न हो..कार्यकर्ता पनि आफ्नो ठाउँमा नेता हुन्छ.., यो कुरामा मेरो प्रष्ट धारणा छ नेतृत्व रहरले होइन क्षमताले गर्ने हो । क्षमता भएको मान्छे स्वभाविक रुपमा नेता हुन्छ ।

तपाईको कुरा सुन्दा माओ पार्टी भन्दा भातृसंगठनमा ठुलो गुटबन्दी देखियो.. अब को समाधान को मार्ग के हो पुजन जी ?
मैले बारम्वार भन्दै आएको छु संगठन भित्र को आन्तरिक समस्याको समाधान बार्ता, छलफल र बहस को टेवल बाट मात्र सम्भव छ । यसको लागी सबैले संगठन को हितको लागी आफ्नो आफ्नो ठाउ बाट आत्मा आलोचना सहित सेकृफाइज गर्नु आवश्यक छ । अध्यक्ष ज्यू ले गरेका अबैधानिक निर्णयहरु जस्तै बिधान मै नभएका आमन्त्रित केन्द्रीय सदस्य भर्ती गराउनु भएको छ यो निर्णय फिर्ता हुनु पर्छ ।

उपबिजेता नेता साथी को मत को बेवास्था गरी गरेका एकलौटी मनोनयनको बारे सोच्नु पथ्र्याे । यो बिधान को कुरा हो अध्यक्ष ज्यू ले बिजय माला र अबिर सँगै ब्यक्त गरेको कार्यकाल भरी चिठी नहान्ने प्रदिबद्धता तुहि सक्यो यो पनि खारेज हुनु पर्यो यो नैतिकताको कुरा हो । र सबै पक्ष र केन्द्रीय समितीका साथीहरुसंग छलफल गरी नयाँ कार्यदिशा प्रस्तुत गर्नु आवश्यक छ ।
तपाईहरुको कार्य समिती भंग हुने कुरा चलेको छ नि ?  अधिबेशनको पनि माग गर्दै तपाईहरु सडकमा  आउनुभयो ।
जहाँ सम्म लाग्छ यो निर्वाचित समिती हो हिजो के भो कसरी महधिबेशन सम्पन्न भो त्यो सर्वबिदित्तै छ त्यता तिर नजाउ,बिधानमा प्रष्ट छ २ बर्ष को कार्याकाल र बिशेष परिस्थितीमा ३ महिना थप गर्ने प्रावधान छ…त्यो हर्यो भने अझै समय बाँकी छ । हाम्रो चाहना समय मै बिधिवत महाधिबेशन सम्पन्न गर्ने हो ।

अधिबेशनको मागको सन्दर्भमा ११ औं महाधिबेशन पुर्व बाँकी रहेका र बिवादित जिल्ला र क्याम्पस र बाँकी सबै जिल्ला क्याम्पसका पनि समय सकिएको छ । विधान अनुरुप उम्मेदवारी दिए पछी स्वतः खारेज हुने प्रावधानले धेरै जिल्ला र क्याम्पस पनि खाली छन् अधिबेशन अपरिहार्य छ, अब विद्यान संगत क्याम्पस र जिल्ला अधिबेशनको माग गरी समय मै १२ औ महाधिबेशनको सुनिश्चिता कोलागी मार्गनिर्देशन गर्नु नितिगत र स्वाभाविक छ ।
स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन भन्ने चर्चा छ … नेबिसंघको अवस्था के छ ?
हाम्रो संगठन इतिहासदेखी बर्तमान सम्म बलियो नै छ । पछिल्लो जुन अधिबेशन बिहिन र नेतृत्व खाली रहेकाले हुनुपर्ने जती सक्रीय हुन सकेको छैन । मुलुक राजनैतिक परिवेश संगै बाम गठबन्धन र विवेकशील जस्ता संगठनको चपेटामा पर्ने खतरा सँगै हामी आन्तरिक समस्यामा पनि रुमालिएका छौँ । स्वाभाबिक रुपमा स्वतन्त्र बिद्यार्थी युनियन को निर्वाचन लक्षित र सांगठनिक सुधारात्मक संरचनात्मक र रणनितित्मक गतिविधी र क्रियाकलापहरु यथासिघ्र सञ्चालन गर्छौ । हाम्रो तुलानात्मक रुपमा अन्य संगठन सँग प्रतिस्पर्दा गर्न सक्षम छौ र रहन्छौ ।
तपाईले भनेझै अबको नेविसंघलाई वाम गठन्बन्धन र विवेकशीलको चपेटामा पर्ने निश्चीत छ ..नेबिसङ्ग को जित को आधार चाँही हे हो ?
नेपाल बिधार्थीसंघको आफै गौरवशाली इतिहास छ..हाम्रो संगठन सबैको हित र शिक्षाको समृद्धिकालागि हो । साथै हामी र हाम्रा साथीहरु सदैव बिधार्थीको हक हित र शैक्षिक सुधारका क्रियाकलापमा खटिरहनु भएको छ, अन्य संगठन भन्दा कम योगदान गरेका साथीहरु पक्कै हुनुहुन्न ।
अब को नयाँ पुस्तालाई नेपाल बिद्यार्थी संघ प्रति कसरी आर्कषण बढाउन सकिन्छ ? तपाईहरुको भुमिका के हो ?
तपाईले ठिक भन्नुभयो ..अहिले समय र परिस्थिती फेरिएको छ । देशमा अनेक दलहरु संगठन निर्माण भएका छन् । सबैका आआफ्नै सपना योजना छन् ….हामी २१ औ शताब्दीमा छौ । अब पनि बिपी, गणेश मान र किशुन जिका कथा सुनाएर कोही नेबिसघमा आबद्ध हुने र बन्ने भन्ने कुरै छैन…।

समय अनुकुल रचानात्मक र सृजनात्मक गतिबिधी गर्न आवश्यक छ । कजेल क्याम्पसहरुमा मुलुक राजनीतिक भन्दा पनि शिक्षा र विद्यार्थीसंघमा प्रत्यक्ष एजेन्डा चाहिन्छन । अब ढुङ्गा हान्ने, टायर बाल्ने र प्रतिपक्षसंग भिड्ने युग को अन्त्य भैसक्यो ।

हाम्रा अग्रजहरुले राणा देखी राजा सम्म फाल्न यो अस्त्रु प्रयोग गरी सफलता पुर्वक यो युग को अन्त्य गर्नु भो अब देशमा आवश्यक एक संगठनमा आवश्यक भने बैचारिक,रचनात्मक, सृजनात्मक र प्रवाधिक युगको सुरुवात भयो हामीले युवा बिधार्थीलाई आर्कषीत गराउन यही जगमा रहेर आफ्नो मुर्त एजेण्डा प्रस्तुत गरी गतिबिधी गर्न आवश्यक छ ।
जस्तैः शैक्षिक क्षेत्रमा रहेका बिकृति विसंगती, शिक्षामा रहेको बिभेदिकरण माफियाकरणको निर्मुल अन्त्यकालागी जनचेतना मुलक दवावमुलक बैचारिक अभियानगर्नु आवश्यक छ, विद्यार्थीलाई शिक्षाको पहुच सम्म सहजै आउने किसिमका रचनात्मक कार्यक्रमहरु आवश्यक छ । समय अनुकुलको शीपमुलक र रोजगार मुलुक शिक्षा र शैक्षिक एजेण्डाहरु उठाउनु आवश्यक छ ।
अब को नेबिसङ्गको कार्यदिशा के कुन सक्छन्?
मुलुकले नेपाली काँग्रेसकै नेतृत्वमा संबिधान पायो र काँग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न भयो र निर्वाचन पश्चात हाम्रो पार्टी दोस्रो स्थानमा पुग्यो । हामीले अब बलियो काँग्रेसको लागी शसक्त र रुपान्तरित नेविसंघ नारा सहित संगठन पुनर्जागरणको अभियान सुरुवात गरिसकेका छौ अब हामी संगठन निर्माण पुनर्जागरण र शैक्षिक एजेण्डाहरु मा नै केन्द्रीत हुनेछौ ।

साथै संघ को ११ औ महधिबेशनले दिएको माण्डेट सहित आन्तरिक सहमतीमा संघ लाई थप क्रियाशिल बनाइ समय मै १२ औ महाधिबेशन तर्फ उन्मुख हुनेछौ । आज पनि नेपालीको मुख्य शत्रु अशिक्षा हो, बेरोजगारी हो, गरीबी हो ।

त्यसैले मुलुकको बिभिन्न क्षेत्रमा शिक्षा बाट बञ्चित सबै को पहुचमा सर्वसुलभ र गुणस्तरीया शिक्षा पुर्याउने, रोजगार मुलक शिक्षा र युवालाई ब्यवसाय मुलक बनाउने र एउटा समृद्ध मुलुकको परीकल्पना छ, जसलाई मार्गनिर्देशन गर्ने यसकालागी संघका अध्यक्ष लगायत साथीहरु विभिन्न बुदाँ गत माग राखी अभियानमा होमिनुभएको छ ।

बिद्यार्थीलाई निशुल्क स्वास्थ्य बिमा,सर्वसुलभ रोजगार मुलक शिक्षा, शैक्षिक प्रमाण पत्र धितो राखी ऋणको व्यवस्था लगायतका मुद्दाहरु छन् । जो आजको आवश्यक हो त्यसको कार्यान्वयनको ओकाल गर्न नेविसंघलाई आवश्यक छ ।
नेपाल विद्यार्थी संघमा नियमित बिधार्थीहरु भन्दा पनि ४० काटेका ब्यक्तीको हावी भएको देखिन्छ..तपाईहरुको उम्मेरको हतबन्दी पनि छ होइन ?
हा हाहा..हो भन्नुपर्छ..हाम्रो अध्यक्ष ज्यू नै ४० माथी कै हुनुहुन्छ । त्यो उमेर सोधिराख्न पर्दन.., नियमित विद्यार्थीहरु नै नभएको भन्ने होइन हामी बहुमत साथीहरु ३० बर्ष भन्दा कम उमेर कै छौ ।

संघको १० औँ महाधिबेशन पश्चात लामो समय महाधिबेशन हुन नसकेको कारण नेतृत्वमा जाम भएको हुनाले केहि हद सम्म हामी भन्दै निकै सिनियरहरु पनि केन्द्रीय समिती मा हुनुहुन्छ । तर अहिले हाम्रो विद्यानमै ३२ बर्ष काटेका कुनै पनि ब्यक्ती नेबिसंघको सदस्य नरहने प्रष्ट लेखिएको छ । यो १२ औ महाधिबेशनबाट लागु हुने छ । त्यसैले अब आवाधिक निर्वाचनहरु भए स्वभाविक रुपमा नियमित क्याम्पस पढ्दै गरेका साथीहरु नेतृत्वमा आउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here