नेविसंघमा सात जना पदाधिकारीले दिए राजीनामा

काठमाडौँ,२७पुस । नेपाली काग्रेसको भातृसंगठन नेपाल विधार्थी संघमा राजीनामा दिनेहरुको लर्को लागेको छ । पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर आज पनि सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।

तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशी रहेका छन् ।

राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरु सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here