नेविसंघको प्रदर्शनः काँक्रो, फर्सि, कुभिन्डो, काउली बोकेर सडकमा

काठमाडौं,२४ असार ।  सरकारी निर्णयका विरुद्ध नेविसंघले काठमाडौंको प्रदर्शनी मार्गमा हरियो तरकारी लिएर प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले काँक्रो, फर्सि, कुभिन्डो, काउली बोकेर प्रदर्शन गरेका थिए । नेपाल–भारत सीमा नाकामा भारत तथा तेस्रो मुलुकबाट आयत गरिएको तरकारी तथा फलफुल परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि देशका बिभिन्न भागमा प्रदर्शन गरेका हुन ।

नेवि संघका निबर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेलको अगुवाइमा आरआर क्याम्पस, ल क्याम्पस, बाल्मिकी क्याम्पसलगातका विद्यार्थीहरु फलफुल र तरकारी बोकेर सडकमा निस्किएका थिए ।

भारतीय दबाबमा दबाबमा बिषाधीयुक्त, फलफूल र तरकारी बिना परिक्षण नेपाल भित्र्याउने सरकारको निर्यणको बिरुद्ध प्रदर्शन गरिएको नेता गौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here