नेविसंघको कार्यकाल तीन महिना थप

काठमाडौँ, २ भदौ:नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थप भएको छ ।

पार्टीद्वारा गठित सहजीकरण संयन्त्रले १२ औ महाधिवेशन गर्नका लागि नेविसंघको कार्यकाल ३ महिना थप गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसको विधानमा बढीमा ३ महिनाका लागि कार्यकाल थप्न पाउने प्रावधान छ । नेविसंघको १२ औ महाधिवेशनका बारेमा विवाद भएपछि त्यसलाई मिलाउन कांग्रेसले सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा सहजीकरण संयन्त्र बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here