नेप्से ३२ दशमलब २४ अंकले बढेर ११ सय ९८ को विन्दुमा

काठमाडाैं,८ पुस । अाज सेयर बजारमा ३२ अंकले बढेकाे छ । सेयर बजार परिसुचक नेप्से ३२ दशमलब २४ अंकले बढेर ११ सय ९८ को विन्दुमा पुगेको हाे ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो सुधार आएको हो।  केही समयदेखि ‘विरियस’ ट्रेन्डमा रहेको सेयर बजारमा आइतबार ३२ अंकको बुल भयो।

सेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि अर्थमन्त्रीले कार्यदल गठन गरेको र सो कार्यादलले दिएको प्रतिवेदनमा अर्थमन्त्री सरकारात्मक रहेको समाचारहरु आएपछि लगानीकर्ताहरु थप उत्साहित भएको बुझिएको छ।

३२ अंकले बढ्दा सेयर बजारमा एक सय ६४ कम्पनीका सेयर ८७ करोडभन्दा बढी कारोबार भएका छन्। सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले बढेर २ सय ५५ को विन्दुमा पुगेको छ। सेयर बजारमा उत्पादन समुह बाहेक सबै समुह हरिया भए।

बजारमा आइएमी जनरल इन्स्युरेन्स र लुम्बिनी जनरल इन्स्युरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कैलास विकास बैंक र युनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। बजारमा सनराइज बैंकको प्रमोटर सेयर र एनएमबी बैंकको साधारण सेयरको सबैभन्दा बढी कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here