नेपाल र म्यानमाका निर्माण व्यवसायीबीच सहकार्य

काठमाडौँ, २५ साउन:नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यानमा लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशनबीच द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्दै सहकार्यका साथ अघि बढ्ने सहमति भएको छ ।

महासङ्घको कार्यालयमा आज भएको भेटमा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच द्विपक्षीय सहकार्य गर्दै अघि बढ्ने सहमति भएको हो ।

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले दुई देशका निर्माण व्यवसायीको सहकार्यले भविष्यमा थप गुणस्तरीय काम गर्न दुवै पक्षलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्माण क्षेत्रमा प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दुई देशबीच प्रविधि आदान प्रदानमा पनि सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

म्यानमा लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशनका अन्तर्राष्ट्रिय विभाग प्रमुख को को लाटले नेपाल निर्माण व्यवसायी महासङ्घसँगको सम्बन्धलाई एशोसिएशनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै दुई संस्था बीचको सहकार्यले निर्माण क्षेत्रमा ठूलो फड्को मार्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here