नेपाल र मलेसिया खेल्दै

एजेन्सी– एसीसी अन्डर –१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै छन् । मलेसिया यसअघि दुवै खेल पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालको पहिलो पटक दोस्रो चरण पुग्ने सम्भावना जिवितै छ । बायोमास ओभलमा हुने खेलमा नेपाललाई जितमात्र पर्याप्त हुने छैन । भारत र बंगलादेशको खेल त्यसै समयमा रोयल सेलाङ्गोर क्लबमा हुनेछ । उक्त खेलको नतिजाले पनि समीकरणमा असर पर्नेछ ।
समूह ‘ए’ को अंक तालिकामा बंगलादेश २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छन् । नेपाल र भारतको समान २ अंक भएपनि रन रेटका आधारमा भारत दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशको रनरेट २.९३३ छ भने भारत १.८३ र नेपाल ०.१९३ रनरेट लिएर बसेको छ ।
नेपाललाई दोस्रो चरणमा पुग्ने सम्भावना जीवित राख्न मलेसियाविरुद्ध जितको विकल्प छैन् । नेपालको जितसँगै बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल दोस्रो चरणमा पुग्नेछ ।

भारत र बंगलादेशको खेलमा भारतीय टोलीले भारी वा निकै कम अन्तरको जित हात पारेपनि नेपालको सम्भावना बलियो हुनेछ ।
खेल नेपाली समयअनुसार बिहान सवा ७ बजेबाट सुरु हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here