नेपाल र चीनको सीमामा रहेको हिल्सा नाकाको अध्ययन गरिने

काठमाडौँ, १ जेठ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको छ । उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here