नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द

काठमाडौं,२१ बैशाख ।  भारतमा हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका सोमबार बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तर प्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिनुभयो ।

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले जानकारी दिनुभएको छ । निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here