बाँके, नेपालगञ्ज, कार्तिक २,
विधानसभाको निर्वाचनका लागि भारतको उत्तर प्रदेशराज्यमा हुने विधान सभाको निर्वाचन शनिबार बेलुका देखि र,नेपालको सीमा जोडिएको उत्तरप्रदेशको बहराइच जिल्लामा बलाह विधानसभामा भोलि सोमबार विहानदेखि मतदान सुरु हुने भएको छ ।मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेदेखि सिमानाका पून:सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। हालै सम्पन्न नेपाल-भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीको बैठकमा समेत भारतमा हुने विधानसभाको निर्वाचन सुरक्षाको विषयमा छलफल भएको थियो। सिमाक्षेत्रमा एक-अर्का देशमा निर्वाचन हुने भएपनि सुरक्षाका कारण मतदान हुनुभन्दा दुई दिन अघिदेखि नै सीमानाका बन्द हुने गरेको छ ।सिमा बन्दबारे जिल्ला प्रशासन कार्यालयले औपचारिक जानकारी गराएको छ ।

