नेपाल–भारत सिमा नाकामा भारतिय पक्षद्धारा कडाई, नेपालीलाई सास्ती !

काठमाडौं,१८ फागुन । नेपाल–भारत सिमा नाका जोडिएका अधिकाँस नेपाली भुमिका भारतिय पक्षले कडाइ गर्न थालेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादमा नेपाली भुमिभए हुन सक्ने घुसपैठलाई नियन्त्रण गर्न कडाइ गरिएको भारतिय पक्षले जनाएको छ । भारतीय सुरक्षा अधिकारीले नेपाली सीमाक्षेत्रबाट अपराधिक गतिविधि हुनसक्ने शंका गर्दै चेकजाँच कडा गरेको बताएका छन् ।
सीमावर्ती भारतीय नाका सुनौलीबाट हुन सक्ने घुसपैठ, आतंकवादी क्रियाकलाप हुनसक्ने भन्दै भारतको खुफिया एजेन्सी रअ, इन्टिलिजेन्स ब्युरो (आइबी), स्पेशल टाक्स फोर्स (एसटिएफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयू), सीमा सुरक्षा बल (एसएसबी) लगायतका सम्पूर्ण युनिट सीमा नाकामा सक्रिय छन् ।
अवैध घुसपैठ, आतंकवादी क्रियाकलाप लगायत नाकाबाट हुन सक्ने अन्य घटनालाई मध्यनजर गर्दै भारतको सीमावर्ती क्षेत्रमा हाई अलर्ट घोषणा गरिएको सोनौली कोतवालीका निमित्त प्रमुख सब–इन्सपेक्टर राजेन्द्र सिंहले जानकारी दिनुभयो । भारतले अवैध घुसपैठको लागि सुनौली नाका संवेदनशील मान्दै आएको छ ।
भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग भारतलाई सहयोग गर्न अनुरोध गर्दै नाकामा चेकजाँच कडा बनाएको जानकारी गराएका छन् । नाकाबाट अवैध घुसपैठ, विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना रहेकोले अन्य काम छाडेर ग्रामिण क्षेत्रहरुलाई चौबिसै घण्टा निगरानीमा राखेर गस्ती गरिरहेको बताएका छन् । तर यसले नेपाल–भारत सिमा नाकामा रहेका नेपालीहरुलाई सास्ती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here