नेपाल भारत व्यापार समस्या तत्काल समाधान,वार्ता टोली भारत पठाउने तयारी: प्रम ओली

काठमाडौं,१९ साउनःप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले हालसम्म देखिएका व्यापारका असमझदारी हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली भारत पठाउने तयारी भइरहेको बताउनुभयो ।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा छलफल गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here