नेपाल बार एसोसिएनको नयाँ नेतृत्व छनोटका लागि मतगण सुरु

काठमाडौं,१८ चैत । नेपाल बार एसोसिएनको नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदानको मतगणना सुरु भएको छ । शनिबार भएको मतदातको सोमबार अपरान्हबाट मतगणना सुरु भएको हो । हावाहुरीका कारण राजविराजका मतदान केन्द्रमा मतपेटिका समयमा नआएको कारण ढिलो गरी मतगणना सुरु भएको हो ।
१० हजार ३१३ मतदाता रहेको नेपाल बारको चुनावमा ८ हजार ३ सय २९ मत खसेको छ । तीन वर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्य समिति २५ सदस्यीय हुने छ । बारमा बामपन्थी प्यानलबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र प्रजातान्त्रिक समूहबाट हालका महासचिव सुनिल पोखरेलबीच अध्यक्षमा मुख्य प्रतिस्पर्धा रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here