नेपाल बङ्गलादेश युवा सम्मेलन भोली

काठमाडौं, २६ जेठ– नेपाल बङ्गलादेश युवा सम्मेलन भोलीदेखि काठमाडौँमा हुने भएको छ । साउथ एसिया पार्टनसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा २९ गतेसम्म सम्मेलन हुने बताइएको छ ।
पर्यटन बोर्डको सभाहलमा हुनेसम्मेलनमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षालगायत विषयमा छलफल गरिनेछ ।
सम्मेलनले दुई देशका युवाबीचको सम्बन्धलाई सुदृढ पारी दुबै देशको सम्बन्धमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको साप नेपालका अध्यक्ष नरेन्द्र जोशीले जानकारी दिनुभयो ।

चेल्सी इन्टरनेसनल एकेडमीका अध्यक्ष आनन्द आदित्यले दक्षिण एसियाको समग्र विकास एवम् आर्थिक समृद्धि, पर्यटन विकास, महिला सशक्तिकरण वातावरण संरक्षणका क्षेत्रमा समेत सम्मेलनमा छलफल हुने बताउनुभयो ।
दुवै देशबाट १८ वर्षदेखि ४० वर्षसम्मका ४०÷४० युवाको प्रतिनिधित्व हुने उक्त सम्मेलनमा जलवायु परिवर्तन तथा युवा सशक्तीकरणलगायत विषयमा अनुभव आदान प्रदान गरिने छ । नेपालको सन् १९७२ मा बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here