नेपाल–बंगलादेश तथा भारत– भुटान सेमिफाइनलमा भिड्दै

काठमाडौं, ९ भदौं– राजधानीमा जारी १५ वर्षमुनिको साफ च्याम्पियन्सीप फुटबलमा आज सेमिफाइनल खेल हुँदैछन् । आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने आयोजकले जनाएको छ ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सुरु हुनेछ ।
यस्तै भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुने आयोजकले जानकारी दिनएको छ ।
६ टोली सहभागि प्रतियोगितामा समुह ए बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो ।

यस्तै, समुह बी बाट भारत र नेपालले अन्तिम चारमा स्थान बनाउँदा दुवै खेलमा फराकिलो हार भोगेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालको प्रतिद्वन्द्वी बंगलादेश भने समुह चरणमा सतप्रतिशत विजयी नतिजा निकाल्दै सेमिफाइनल आइपुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here