नेपाल पर्यटन बोर्डले सञ्चालनमा ल्यायो चिनियाँ भाषाको वेबसाइट

काठमाडौँ, ७ जेठ । चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो । चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले शुभारम्भ गर्नुभयो ।

चिनियाँ वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रका आकर्षक तस्वीर र जानकारी समावेश गरिनुका साथै महत्वपूर्ण धार्मिकस्थल, मठ, मन्दिर, हिमाल, नदी आदि विषय पनि समेटिएको छ । यस्तै इन्फोग्राफी भिडियोमा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको तस्वीर र विवरणका साथै ती गन्तव्यमा पुग्ने यातायात सञ्चार आदिको जानकारी पनि दिइएको छ ।
चिनियाँ भाषाकाे वेबसाइटमा जान  www.welcomenepal.com मा लग-इन गरी चिनियाँ भाषाको वेबसाइट रोज्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here