नेपाल टेलिकमले भन्योः ०१२३४५६ र १२३४५६ बाट फोन आए होसियार !

काठमाडौं,१० मंसिर– नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन   भनेको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताउनु भयो ।

उहाँले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको र पटक–पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको जानकारी दिनु भयो ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंक्कमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here