नेपाल उपविजेतामै सिमित

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सिमित  बनेको छ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यि यी ओले गोल गरेकी हुन् ।

लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा वीन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here