‘नेपाल आइडल’ सो माथि काठमाडौं जिल्ला अदालतको यस्तो आदेश !

काठमाडौं, २२ भदौं– जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको छ।

काठमाडौं जिल्ला न्यायाधीश दिवाकर भट्टको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो। नेपाल आइडलका लागि भदौ १६ गते भएको ‘भोटिङ’ अनुरुपको गणना अघि बढाउनुपर्नेमा पुनः भोटका लागि आह्वान गर्ने कार्य त्रुटीपूर्ण रहेको दाबीसहित अधिवक्ता यज्ञमणि न्यौपानेले उजुरी दिएका थिए। उजुरीमा भएको सुनुवाइपछि शुक्रबारसम्म भोट गणना कार्य रोक्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिँदै निवेदक र एपी वान टेलिभिजनलाई छलफलमा डोकेको हो। 

यो विषयमा शुक्रबार दुवै पक्षबीच इजलासमा छलफल भएपछि निर्णय हुने भएको छ। गत भदौ १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गर्दै राति ८:४५ देखि अर्को दिन बिहान १२ बजेसम्म समय दिइए पनि उक्त भोटका आाधारमा कसैलाई पनि आउट नगरिएको प्रश्न अधिवक्ता न्यौपानेले उठाएका थिए।

जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ।जिल्ला अदालत दर्ता शाखाका अधिकृत टीकासिंह खत्रीका अनुसार भोटका आधारमा भदौ १६ गते कसैलाई आउट गर्नुपर्नेमा नगरिएको दाबीसहित अधिवक्ता न्यौपानेले करार ऐन २०५६ को दफा ८७ (१) अनुरुप अदालतमा उजुरी दिएका हुन्। अदालतको आदेशपछि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले अदालतको आदेशलाई सम्मान गर्दै पहिले नै प्राप्त भोटकै आधारमा छनौट गरिने बताएका छन्। आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here