नेपाल–अष्ट्रेलिया द्विपक्षीय सहयोग अभिवृद्धि

काठमाडौँ, ३२ साउन: नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ तुल्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गतवर्ष गठन भएको नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक आज राजधानीमा सम्पन्न भयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव एन्ड्रु कलिन्स नेतृत्वको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, पर्यटन, मानव संशाधन विकास, ऊर्जा, सम्पर्क विस्तार,शिक्षा क्षेत्रमा सहयोग एवम् साझेदारी बढाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको प्रारम्भ गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाल सरकारका नीति तथा विकास प्रयास र प्राथमिकताबारे जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here