नेपाली स्रष्टा भारतको असम जाँदै

GUWAHATI—11-04-2008 :( RONGALI BIHU CELEBRATION ON THE OCCASION OF ASSAMESE NEW YEAR IN GUWAHATI) Boys and girls performing Bihu dance on the occasion of Rongali Bihu celebration in Guwahati on Sunday April 13, 2008. Rongali Bihu” is celebrated in the first month of the Assamese calendar which is starting from April 15 and thus marks the advent of the Assamese New Year. This festival also coincides with the advent of the spring season in the state. Bihu Dance and Bihu Songs are the main features of this Bihu, which continue for a month throughout the state. PHOTO: RITU_RAJ_KONWAR

काठमाडौँ, २३ चैत । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन्दमानसिंह कार्की, गोकुल अधिकारी, राजेन्द्र गुरागाईं, श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रुद्र ज्ञवाली, जानु धिताल, देवा अधिकारी, देवीकानन्द तिमिल्सिना, विवश पोखरेललगायत हुनुहुन्छ ।

एकहप्ते उक्त भ्रमणमा गुवाहाटी, डिफु, तेजपुरलगायत असमका विभिन्न स्थानमा आयोजना गरिने साहित्यिक समारोहमा भाग लिई अन्त्यमा दार्जिलिङ, सिक्किमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here