नेपाली सेना र चीनियाँ सेनाबीचको तालिम राजधानीमा

काठमाडौं, – नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीले भोलीदेखि संयुक्त सैन्य तालिम सुरुगर्ने भएको छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो ।

नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । तालिमको नाम ‘सगरमाथा फ्रेन्डसिप २०१७’ दिइएको छ । १२ वैशाखसम्म संयुक्त सैन्य तालिम हुनेछ ।
यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो । आज सामान्य छलफल तथा भेटवार्ता गरि भोलीमात्रै तालिम सुरुहुने छ ।

नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले जानकारी दिनुभयो ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ ।

विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here