काठमाडौं,१ जेठ । नेपाली सेनाले रिक्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै सेनाले विभिन्न पदिक तथा बिल्लादार पदहरुका लागि जनशक्ति माग गरेको हो ।नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।

