नेपाली र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडाैं, २७ माघ – चारदिने नेपाल भ्रमणमा रहेका अमेरिकी सेना प्यासिफकका प्रमुख रोबर्ट ब्राउनले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गर्नुभएको छ । भेटका अवसरमा दुई देशको हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालायले जनाएको छ ।

चार दिने औपचारिक भ्रमणमा माघ २५ गते राति काठमाडौं पुग्नुभएका उहाँलाई विमानस्थलमा उपरथी ईश्वर हमालले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here