नेपाली क्रिकेट टोली साँझ नेपाल आउँदै

काठमाडौं,५ फागुन–आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट आज स्वदेश फर्किने भएको छ । विश्वकप छनोट खेलकालागि छानिन सफल भएको नेपाली क्रिकेट टोली आज साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ ।
विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि स्थान पक्का बनाएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दास्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । आफ्नो तेस्रो खेलमा युएईलाई हराएको नेपाल केन्यासँगको चौथो खेलमा पनि विजयी भएको थियो ।
लिग चरणको अन्तिम खेलमा क्यानडालाई नाट्किय रुपमा १ विकेटले हराएको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि छानिएको थियो । बिहीबार भएको फाइनल खेलमा भने नेपाल युएईसँग हारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here