नेपाली कामदारका विषयमा मलेसिया सरकारले २ महिनामा प्रतिवेदन बनाउने

काठमाडौं,२४ पुस । मलेसिया सरकारले नेपाली कामदार ल्याउने विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्ने  बताएको छ । मलेसियाका मानव संसाधन तथा मन्त्री दातुक महफुजका अनुसार उक्त रिपोर्ट अहिलेसम्म छलफलकै क्रममा रहेको र स्वतन्त्र विदेशी कामदार कमिटीको हातमा रहनेछ ।
कामदारको बारेमा कुनै पनि सुझाव वा नीति वैदेशिक कामदार कमिटीले सिफारिस गरेको मात्रै लागू हुनेछन् मन्त्री दातुकले भन्नुभयो ।
गत वर्षको मेमा मलेसिया सरकारले नेपाली कामदारलाई प्राइभेट कम्पनीमार्फत गैरकानुनी ढंगबाट लैजान थालेपछि नेपाल सरकारले नेपाली कामदारलाई मलेसिया पठाउन अस्थायी रुपमा रोक लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here