काठमाडौं– सरकारको ६ महिने कार्यकाल संघीयता असफल बनाउन केन्द्रित भएको नेपाली कांग्रेसले आरोप लगाएको छ। संघीयताको विरोधमा जनमत बढाएर यसलाई असफल बनाउने प्रयासमा सरकार लागेको कांग्रेसको आरोप छ।
संघीयता असफल बनाउनका लागि सरकारको ६ महिने कार्यकालमा पाँच प्रदेशको नामाकरण नगरी संघीयता कार्यान्वयनमा कमजोर देखिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।
संघीयतामा सरकारको मौनता गम्भिर भएको उनले बताए । विगत ६ महिनामा सरकार असफतलातर्फ अघि बढेको कांग्रेसको निष्कर्ष छ। केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार संघीयतालाई असफल गराउन लागेको उनले बताए।
‘राष्टियता कमजोर भएको छ । राष्ट्रिय झण्डाको दुर्गती गरियो ।’ उनले भने ‘किम जङ उन र ट्रम्पलाई सुरक्षा दिन सकेको नेपाली युवाहरुहरुलाई अवमुल्यन गरि नेपालको भुमिमा बटालिएनका बटालियन भारतीय सेना उतारियो ।’
५ महिने कार्यकालमा अघिल्लो सरकारकै पालमा भएका कामहरुलाई उपलब्धीका रुपमा प्रस्तुत गरिएको बताए। नारायाणगढ –मुग्लिङ सडक खण्ड विगतको सरकारको समयमा भएको दाबी गरे।
पशुहरुमा कृत्रिम गर्भाधानलाई पनि उपलब्धी भएको ठान्नु सुखद पक्ष नरहेको बताए । निरन्तरतामा हुने कामलाई यहि सरकारले गरेको जस लिन नमिल्ने उनको भनाई छ।
सरकारमा लोकतान्त्रिक संस्कृतिको चरित्र नदेखिएको भन्दै शर्माले भ्रष्टाचारमा ठुला माछाहरु विलुप भएका बताए। सरकारले भ्रष्टाचारको विकेन्द्रीकरण गरेको कांग्रेसको आरोप छ।
मूल्यवृद्धि आकासिएको विषयमा जवाफमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति आपत्तीजनक भएको बताए । प्रधानमन्त्रिमा जिम्मेवारीपन नदेखिएको र न्यायपालिकालाई सरकारको छायाँ बनाइएको भन्दै उनले भने ‘ प्रधानमन्त्रीको भुमिका दोहोरो भयो ।’ दुइ तिहाईको सरकारमा समृद्धिको ल्याकत नदेखिएको बताउँदै शर्माले भने ‘छ महिनामा चुला चुलामा ग्याँस पुर्याउने प्रक्रिया किन शुरु हुन सकेन ।’
ऋणमा रेल बनाउने कार्यले श्रीलंकाकाको नियत भोग्नपर्ने प्रति उनले सरकारलाई सचेत बनाए । मुलुकी संहिता ऐनमा प्रयोगमा आउनुपुर्व आउनुपुर्व आवश्यक छलफल नगरिएको प्रति सरकारको आलोचना गरे । मुलुकी ऐनलाई आवश्यक संसोधन गर्ने पक्षमा कांग्रेस रहेको बताए । ‘प्रेस, अभिव्यक्ति,चिकित्सक, प्रहरी लगायतका विषयमा राखिएका कतिपय प्रावधान संसोधन हुनुपर्ने बताए। प्रेसको शिरमाथी तरबार झुण्डाउने मुलुकी संहिताको प्रावधान स्वीकार गर्न नसकिने प्रष्टाए। देशभर करको आतंक बढ्दा पनि संघीय सरकार मौन बस्नु गलत भएको कांग्रेसको आरोप छ। news by nepallive

