नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि

काठमाडौं, ९ साउन– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि वस्ने भएको छ । वैठक विहान ११ वजे पार्टी कार्यालय, सानेपामा बस्ने गरी बैठक वोलार्ईएकोे छ ।
बैठकमा पदाधिकारी एवम् सदस्यले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले आज पुनः बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि हिजोको वैठकमा वोल्ने सदस्यहरुले पार्टीको महाधिवेसन भएको दुई महिनाभित्र गठन हुनुपर्ने विभागहरुले अझैसम्मपनि पूर्णता पाउन नसकेकोमा सभापति शेर वहादुर देउवाको आलोचना गरेका थिए ।
बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षामा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेको छ । साथै प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा समेत छलफल चलीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here