नेपाली काँग्रेसले अझै शान्तिकाे सास फेर्न पाएकाे छैन

हाे याे साच्चिकै हाे इतिहास माथि अझै क्रान्तिकारी इतिहास बाेकेकाे नेपाली काँग्रेसले अझै शान्तिकाे सास फेर्न पाएकाे छैन तर याे भन्दै गर्दा नेपालकाे अहिलेकाे बामपंथी एकताले नेपाली काँग्रेसलाई ठुलो धक्का लाग्छ भन्नू चाहिँ भैसिले यसपछि अण्डा पार्छ अनि मात्रै पाडाे पाउछ भन्नू बाहेक केही होइन।

याे किन पनि भनेको हुँ भने २००७ सालमा नेपाली काँग्रेसले तानाशाही राणा शासनका बिरुद्ध सशस्त्र अान्दोलन गर्दा राणा शासक र केही ब्राेके कम्युनिस्टहरु एक ठाउँमा उभिएकै हुन दुवैले राणा शासन अन्त्य गर्ने दिल्ली सम्झौता धााेका हाे भनेकै हुन,२०१७ साल देखि २०४६ सालसम्म कम्युनिस्ट र पञ्चायत शक्तिहरु प्रजातान्त्रिक शक्ति काँग्रेस बिरुद्ध एक ठाउँमा उभिएकै हुन।यस्ता ठुल-ठुला धाेका खाएर ठुल-ठुला कठिनाइहरु सँग पौंठेजाेरि खेलेर नेपाली काँग्रेसले अाफुलाई अझ बढी बलियो र दृढ बनायो।यो इतिहास यिनै बामपंथीहरुका अगाडि जस्ताकाे त्यस्तै छ।

नेपाली काँग्रेसले अहिलेकाे बामपंथी एकता भन्ने षड्यन्त्रबाट झनै अनुभव बटुल्नु पर्दछ काँग्रेसले अाफुमा भएका गलत लाइन सच्याउनु र सहि लाइनमा ल्याउनु प्रमुख अावश्यकता हाे।यद्यपि यसाे गरियाे भने ६०%कम्युनिस्ट भन्दा ४०%भएको

हृदयराज उपाध्याय,कैलाली

काँग्रेस अझै अब्बल र बलियाे हुनेछ।२०६० देखि हालसम्मकाे अनुभव हामीले गर्ने हाे भने हामीले धेरै उपलब्धि हासिल गरिसकेका छौँ त्यसकारण हामी त्यो२०६० साल अघि भन्दा अझै मजबुत छौँ।हुनसक्छ पहिला हार्यौ पछि जित्यौ;फेरि हारौंला तर हामी एकता र सहि बाटोमा हिड्यौ भने अहिलेकाे बामपंथी एकताले भन्ने दुईतिहाइ मात्रै होइन तीन तिहाइ बहुमत हासिल गर्न सक्छौ मात्रै हामी भित्रका अान्तरिक समस्या हल गरेर जाने हाे भने। सामान्य अर्थमा जनतालाई अहिलेकाे भ्रम चिर्नका लागि यतिमात्र नारा अावश्यक छ कि हामी नेपाली हौँ!

हामी नेपाली काँग्रेस हौँ!जसले रुकुम,राेल्पा,बझाङ बाजुरा,दार्चुला,र झापा माेरङ बुझेका छौँ।तर यिनले के बुझे अाज याे गम्भीर कुरा जनताका माझ राख्न अत्यन्तै जरुरत छ।नेपालकाे चासो राख्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट हामी होइन।समाजवादकाे निम्राण बारे कुनै बामपंथी सँग होइन हामीसँग मात्र याे अनुभव छ तर यसका लागि मुलुकमा रहेका परिवर्तनकारी लाेकतान्त्रिक शक्ति बिच बृहत्रहर छलफल हुन अति अावश्यक छ।तर जसरी नेकपा एमालेलेमाअाेबादिसँग चलाखि गरेको छ त्यसरी होइन हामीले दिर्घकालिन ऐजेण्डा मार्फत एकताकाे खाका तयार गरि अगाडि बढन सक्यौं भने याे बामपंथी एकताले नेपाली काँग्रेसकाे रौं समेत हल्लाउन सक्दैन।

साच्चिकै काँग्रेसले यिनिहरुलाई तह लगाउने हाे भने अागामि चुनावका लागि मात्रै हामी समाजवाद निर्माणका लागि बाहिर निस्कौं,र तिर्व उन्नत अार्थिक परिणाम बारे खाका तयार गरौँ;अाम कार्यकर्ता र संगठनकाे मर्म अनुसार टिकट बितरण गरौँ,तर कम्युनिस्टकाे जस्तो अग्रगामी छलाङकाे नारा होइन,परिस्थिति अनुसार पाटीलाई एकढिक्का बनाएर अगाडि जाअौं यसाे गरयाे भने हामीलाई कसैले हल्लाउने छैन र हामी सिंह थियौं सिंह नै रहिरहने छौँ।यसाे गरयाे भने नेपाली काँग्रेसले यि बामपंथी भनाउदा बिदेशी दलालहरु सँग डराउनु पर्ने कारण के नै छ र ? अाम जनतालाई याे बुझाउन सकौं माक्र्सवाद दन्द्ध मा अाधारित छ र दन्द्भात्म हिंसा हामीलाई चाहिदैन्।अर्को कुरा खास एकता त के हाे भने नेपालका कम्युनिस्ट भनेहरुले यतिबेला शरिरमा रहेका थाेत्रा लुगा फालेर नयाँ लुगा लगाएका मात्रै हुन।फेरि याे दशै दिपावलिमा नेपाली काँग्रेसका लागि कुन ठुलो कुरा भयो र? याे बेला जाे सुकैले नयाँ लुगा लगाउछ मिठाे मसिनाे खान्छ नै ।

उनिहरुले पनि यहि गरेका न हुन।हामीलाई थाहा छ अमेरिकाले नेतृत्व गरेको विश्व साम्राज्यवादकाे एक हिस्सा नेपालमा हिजो देखि थियाे फरक फरक ठाउँमा तर अाज एउटै ठाउँमा अाउनुमा केही न केही रहस्य छ याे रहस्यमय बुझ्न जरुरत चाहिँ निश्चित छ। हामीलाई थाहा छ यिनिहरु दिर्घकालिन रुपमा एकता हुन सक्दैनन् किन भने नेकपा एमाले अवसरवादकाे उत्कर्षमा छ अनि माअाेबादि अराजकताकाे उत्कर्षमा छ त हामी सजिलोसँग बुझ्न सक्छौ कि अराजकतावाद र अवसरवाद कसरी दिर्घकालिन रुपमा एकता हुन सक्छन्?क्षणभर एकता भए पनि दिर्घकाल सम्म कुनै पनि हालतमा टिक्न सक्दैनन् याे यथार्थ हाे।

अन्त्यमा अरुले जे सुकै भनुन मेरो व्यक्तिगत बिचारमा याे बामपंथी झुन्ड एकता हुनु अत्यन्तै अावश्यकता हाे महत्त्वपूर्ण हाे तर यिनिहरु फुटवादि हुन एकता हुन कठिन छ त्यो किन पनि भने हिजो क,प्रचण्डले नेपालकाे कम्युनिस्ट एकताकाे कुरा गर्दा एमालेहरुले चुँ सम्म बाेलेनन् कारण? किनभने हिजो याे एकता हुन्थ्यो भने एमालेहरु अाजसम्म याे देश तहसनहस पार्न पाउदैनन्थे।याे सत्य हाे।तर अहिले एमाले अाफु कम्युनिस्ट हाे होइन भन्ने कुरा विश्वसामु अस्पष्ट भएको कारणले नेपालबाट माअाेबादि भन्ने शब्द सखाप पार्न चाहान्छ अनि माअाेबादि पनि सखाप हुन चाहान्छ त किन एकता नगराेस् ? एमाले नेपाल काे कम्युनिस्ट कहालिनका लागि नै माअाेबादि एकता ध्वंशकाे व्यानर हाे ।

याे कुरा अाम बाह्य बर्ष जनयुद्ध लडेका कमरेडहरुले याद गर्दा हुन्छ। अहिले भरखरै स्थानीय चुनाव बाट ३०% बहुमत हासिल गरेकाे अाफ्नाे समकक्षी कम्युनिस्ट दल सखाप हुन्छ भने किन एकता नगराेस एमाले? त्यसकारण याे बामपंथी एकता नाटक हाे यसबाट काँग्रेसले अातिनु पर्ने र डराउनु पर्ने कुनै कारण छैन……..

                                                                                                      हृदयराज उपाध्याय,कैलाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here