नेपाली काँग्रेसका नेता डा. रामशरण महतको गाडी एम्बुसमा, पाँच घाइते

नुवाकोट,१ मंसिर–नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका पाँच जना  कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।

घाइते हुनेहरुमा उपेन्द्र मिश्र  भेषकुमार तामाङ, रमेश राइको परिचय खुलेपनि अन्य दुइ जनाको नाम खुल्न सकेको छैन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ ।

घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदैछ । घटना बारे थप जानकारी आउन बाँकी   रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here