काठमाडौं,९ चैतः परराष्ट्र मन्त्रालयले मन्त्रालयको अनुमति बिना नेपाली अधिकारीसँग भेट नगर्न नेपालस्थित कूटनीतिक नियोगलाई पत्राचार गरेको छ ।
प्रदेश मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका प्रमुख लगायतसँग राजदूत, विभिन्न कूटनीतिज्ञ लगायतले भेटेको समाचार सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले पहिला अनुमति लिन भनेको हो ।
मुलुकको विदेश नीति केन्द्रले सञ्चालन गर्ने भएकाले परराष्ट्रको रोहबरमा प्रदेश र स्थानीयका अधिकारीले भेटवार्ता गर्न पाउने छन् ।
कूटनीतिक नियोगलाई पठाईएको पत्रमा परराष्ट्रले कूटनीतिक सम्बन्धको भियना कन्भेन्सन आकर्षित हुने तर्फ ध्यानाकर्षण गराएको छ । कूटनीतिक नियोगका अधिकारीको भेटबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि परराष्ट्रले चासो ब्यक्त गरेको हो ।

