नेपाललाई सांसदको आग्रहः गुठी विधेयक फिर्ता पठाउन पहल गर्नुहोस्

काठमाडौं,२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा उपत्यकाबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ ।

विवादित विधेयकका बारेमा नेपालले सिंहदरबारस्थित कृषि समितिको हलमा सांसदमा छलफल गरेका गर्नुभएको हो । जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयक फिर्ता गर्नुपर्ने सांसदहरुको राय रहेको नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराउनुभयो । नेपाललाई सांसदहरुले विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्नुपर्ने बताएका थिए ।

सांसदहरुले विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हालको विवाद समाधान नहुने औंल्याएका थिए। हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here