नेपालमै अतियार कारखाना, प्रहरीले मार्यो छापा

बाँके, १५ चैत: नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान, आरनलगायत सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उक्त कारखाना जङ्गबहादुर नेपालीले सञ्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जङ्गबहाुदरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here