नेपालमा विदेशीको नजर नजिकबाट छ:अध्यक्ष पुष्पकमल दाहाल

भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र नेपालीलाई विदेशीले चासोपूर्वक नजिकबाट नियालिरहेको दावी गर्नुभयो ।

भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको ५१ हप्ता पुगेको अवसरमा बोल्दै अध्यक्ष दाहालले नेपालमा हुने राजनीतिक परिवर्तनका कारण विदेशीको नजर परेको उल्लेख गर्नुभयो ।
उहाँले सत्तापक्ष र प्रतिपक्ष एक हुन आवश्यक रहेको दावी पनि गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका शान्ति प्रक्रिया, संविधान निर्माण, तीनै तहको सरकार बनाउने अवस्था सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर नै संभव भएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले समृद्धिको अभियानमा पनि सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनुभयो । उहाँले ‘राजनीतिक परिवर्तनको एक चरण सकिएको भन्दै अब विकास समृद्धिका लागि अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here