नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण

काठमाडौं,४ चैत ।  चिनियाँ सरकारको सहयोगमा नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको छ । फेब्रुअरी २८ मा दुई सरकार बिच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली वैशाखमा नेपाल आउने विभागका उप(महानिर्दशक तथा पेट्रोलियम पदार्थ परियोजना प्रमुख सुधिर रजौरेले बताउनुभयो ।
उहाँका अनुसार नेपाल–चिनीयाँ सरकारबिच आर्थिक सहयोग गर्ने सम्झौता २०१७ अगष्टमा भएको थियो । करिब दुई साता अघि सो सम्झौता अनुरूप कार्यान्वयन सम्झौता भएको हो । पेट्रोलियम पदार्थको अन्वेषण नेपालको दैलेख र थान्सिङ क्षेत्रमा गरिन्छ । पहिलो चरणमा म्याग्नेटुटेलुडिक सर्भे गरिन्छ ।

यो सर्भेमा जमिनको ५ देखि २० किमि सतह मुनीको बनावटको अध्ययन गरिन्छ । यसबाट पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिने उहाँको भनाई छ । दोस्रो चरणमा (स्यास्ट्रिक सर्भे) जमिन मुनी कम्पनको तरङ्ग पठाएर डिलिङ गरिन्छ। यस सर्भेबाट जमिन मुनी पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भन्ने पत्ता लगाउन सकिन्छ।

उक्त पेट्रोलियम पदार्थ कति मात्रामा छ, आर्थिक रूपमा उत्खनन योग्य हुन्छ की हुँदैन भनेर हेरिन्छ । सम्झौतापत्रमा नेपालको तर्फबाट विभागका महानिर्देशक डा. सोमराज साप्कोटा र चीनको तर्फबाट चाइना जियोलोजिकल सर्भेका उपाध्यक्ष वाङ कुङले हस्ताक्षर गरेका भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here