गुल्मी,१७ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा आयोििजत कार्यक्रममा कोइरालाले नेपाल सतातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्ने उल्लेख गर्नुभयो ।
डा.कोइरालाले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रम भैरहेको आरोप लगाउनुभयो ।

