काठमाडौं,२६ फागुन– विश्वकप क्रिकेट छनोटअन्तर्गत जारी खेलमा नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ जिम्बावेस्थित बुलावायो स्पोर्टिङ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको हो। नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको अर्धशतकीय पारी खेले। ८२ बलको सामना गर्दै पारसले १० चौका र १ छक्का प्रहार गरे।

