नेपालद्धारा मलेसिया सामु १२८ रनको लक्ष्य प्रस्तुत

एजेन्सी– सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई एक सय २८ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा एक सय २७ रन बनायो ।

नेपालका प्रतिश जिसीले २२ बलमा २५ र बनाए । यस्तै सुनिल भण्डारीले १९ बलमा १७ तथा नारायण जोशीले २२ बलमा १७ रन बनाए । राजन मगरले ३१ बलमा ११, रित गौतमले ३२ बलमा ११, तिर्थराज दासले ३४ बलमा १३ तथा विशाल विक्रम केसीले २२ बलमा १० रन बनाए ।

मलेसियाका अस्लम खान मलिकले दुई विकेट लिए । थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।  मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए । प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here