नेपालगन्ज : बिपी चोकमा भीषण आगलागी

प्रयाग गुप्ता /श्रावण २३  नेपालगञ्जको बिपि चौक नजिक बिहिबार राती फर्निचर पसलमा भिषण आगलागी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोड स्थित बिपि चौक देखी उत्तर पूर्वी लाईनमा रहेका लस्करै फर्निचर पसलमा भिषण आग लागि भएको हो ।

बिहिबार राती  करीब ११ बजे सुरु भएको आगलागी राती १ बजे सम्म अग्नी नियन्त्रकहरुले दमकलको सहायताले आगो निभाउन नसकेकोमा बर्दियाको गुलरियाबाट समेत दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास अबेर राती सम्म जारि रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागीबाट करोडौँ बबरका धनमालको नोक्सानी भएको छ ।( थप विवरण आउन बाँकी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here