सुरज मेघनाथ /१० चैत
बाँके नेपालगन्जको जमुनाहा नाका रुपैडियामा भारतबाट लगभग २५० भन्दा बढी नेपाली आइपुगेका छन् । भारतको विभिन्न ठाँउमा मजदुरी गरेर उनीहरु नेपाल फर्किएका छन् । नेपालगन्ज सिमा नाका हिजो आइतबारदेखि बन्द भएको कारण उनीहरु नेपालगन्ज आउन पाएका छैनन् । भारत बाट आएका नेपालीहरू आज बिहान २ बजे सिमा पुगेको र उनीहरुले ईलाका प्रहरी कार्यालय जमुनाहालाई छिटो ब्यवस्थापन गरिदिन अनुरोध गरेका छन। हिजो आइतबारदेखी बन्द भएको नेपालगन्ज जमुनाहा नाकामा २५० बढी नेपालीहरु आईपुगेको छन् र नाका बन्दको कारणले उनीहरुलाई नेपाल भित्र भित्र्याउन नसकिएको ईलाका प्रहरीले कार्यालय जमुनाहा प्रहरी नायब निरीक्षक माधब रिजालले भने । मैले ठुलो संख्यामा नाकामा नेपालीहरु आइपुगेको कुरा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जानकारी गराएको र पहल भइरहेको’ रिजाले बताए।
रिजालका अनुसार भारतबाट आएका नेपालीहरुलाई सिमामा चाउचाउ र पानीको ब्यबस्थापन गरिएको छ।नेपालीहरु लाई कसरी स्वास्थ जाँच गराउने र नेपाल भित्र्याउन भने बारे सशस्त्र प्रहरीका प्रमुख एस.पि दिपक अधिकारी ज्युले छलफल भइरहेको बताए।

