नेपालगन्ज उपमहानगरपलिकाले कैदीलाई जिम सामग्री गर्यो हस्तान्तरण

खबरै खबर संबाददाता
फागुन- ५ ,सोमबार
बाँके कारागारमा कैदी रहेका युवाहरूलाई कारागार भित्र पनि आफ्नो स्वास्थ लाई स्वस्थ राख्न नेपालगन्ज उपमहानगर पालिका ले जिमका सामानहरु प्रदान गरेको छ ।
बाँके कारागारका कैदी युवाहरूले पहिले देखि माग गर्दै आएका उपमहानगरपालिकाले विभिन्न प्रकारका जिमका सामान दिएको हो ।
उक्त सामानहरु कारागारका नायके लाई सम्बोधन गर्दै कारागारका चौकिदार चुन्नन जसगढ र कारागार कार्यलय प्रमुख देबेन्द्र श्रेष्ठ लाई हस्तान्तरण गर्नु भएको हो ।
उपमहानगरपालिका प्रमुख डा.धवल शमशेर राणा शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा नगरका प्रेस सल्लाहकार गोबिन्द शर्मा को उपस्थितिमा जिमका सम्पुर्ण सामान प्रमुख देबेन्द्र श्रेष्ठ लाई जिम्मा दिएका छन ।
कारागारमा कुनै अरु समस्या आएमा नेपालगन्ज उपमहानगरपालिका तयार हुने कारागार प्रमुख देबेन्द्र श्रेष्ठ ले जानकारी गराउनु भयो ।कारागारमा क्षमता भन्दा अत्यधिक चाप भएकोले कारागार ब्यवस्थापनमा अप्ठेरो परेको बताए।
अन्य कारागारको बिरामी हरु पनि आइरहने भएकोले अत्याधिक चाप बढेको हो ।कारागारमा पुरुष संख्या ७६६ ,महिला ५२ जना र १ नाबालिका गरि जम्मा ८१९ भएको बताएका छन्। कैदी व्यवस्थापनको लागि माग समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here