नेतृत्वको राजीनामा समस्याको समाधान होइनः महामन्त्री कोइराला

चितवन,२७ मंसिर–   नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ ।
गैँडाकोटस्थित आफ्नै निवासमा आज सञ्चारकमीसँग विशेष कुराकानी गर्दै उहाँले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताउनुभयो ।
केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उहाँले नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरेर त्रुटि पहिल्याएपछि मात्र अन्य कुरा गर्ने बताउनु भयो ।

साथै उहाँले पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको रहेको जिकिर गर्नुभयोे ।
अब काँग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञाशामा उहाँले केन्द्रीय समितिमा छलफल गरेर संगठनलाई चुस्त र दुरुस्त बनाउनतर्फ लाग्ने बताउनु भयो ।

उहाँले क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताउनु भयो । आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेकोमा उहाँको जोड थियो ।
पार्टीले हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टी्भित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उहाँले गठबन्धन कमजोर भएकै कारण हार बेहोर्नु परेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here