नेतृत्वको पछिल्लो भूमिकाले न्यायापालिका धरापमा

बाँकेः१० चैत– प्रगतिशिल समूहका कानून व्यवसायीले नेपाल बार एसोशिएशनको नेतृत्वको पछिल्लो भूमिकाले न्यायापालिका धरापमा परेको निष्कर्ष निकालेका छन् ।

उनीहरुले नेतृत्वकर्ताको भूमिका प्रति तीब्र असन्तुष्टी जनाउँदै बहुमतको दम्भमा न्यापालिकाको शिर निहुरिने कार्य नगर्न सुझाएका छन् ।

नेपालगन्जमा जारी १४ औँ राष्ट्रिय सम्मेलनमा मुलुकभरीबाट सहभागी हुन पुगेका प्रगतिशिल समूहका कानून व्यवसायीले आज छुट्टै भेला गरी बार नेतृत्वकर्ताको चर्को आलोचना गरेका हुन् ।

उनीहरुले बारको पछिल्लो भूमिकाले न्यायापालिका धरापमा परेको आरोप लगाए । पछिल्लो समय निर्वतमान प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो जन्म मिति आफैले सच्चाएको र पूर्व प्रधान न्यायाधीश सुशिला कार्की माथि लगाइएको महाअभियोग घटनामा बारका नेतृत्वकर्ताको कार्यशैली आपत्ति जनक रहेको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here