नेता भट्टराईले भनेः हामी म्याराथन धावक हौं, आफ्नो लयमा दौडिएका छौं,६ महिनामा सरकारकाे चमत्कार

काठमाडाैं,१६ भदाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले सरकार म्याराथनको गतिमा दौडिरहेको बताउनु भएको छ । ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले कहाँ पुग्नु छ र कति समय लाग्छ भन्ने योजना सहित सरकार दौडिएरहेको बताउनुभयो ।

‘सरकारका बारेमा धेरै सार्वजनिक प्रश्न उठेका छन, यस्ता टिप्पणीले सरकारलाई झक्झक्याउँछ,’ भट्टराईले भन्नुभयो, ‘छ महिनामा धेरै चमत्कार भएका छैनन्, हामी म्याराथन धावक हौं, आफ्नो लयमा दौडिएका छौं ।’ पाँच वर्षको समयलाई दृष्टिगत गरेर काम गरेको दाबी गर्दै सय मिटर दौडनु जस्तो हतारमा दौडनु नपरेको उहाँको भनाई थियो ।

भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गर्दै उत्तर र दक्षीणका छिमेकीसँगको सम्बन्ध सुधारेको दाबी गर्नुभयो । ‘कहिले र उत्तर र दक्षिण भनेर चर्चा हुन्थ्यो चीनसँग मित्रता छँदै थियो, भारतसँगको पनि सुमधुर भएको छ,’ उहाँले भन्नुभयो, ‘रक्सौल, काठमाडौं रेलमार्ग एक वर्षमा सक्ने गरीको सम्झौता भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here