काठमाडौं,२७ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको बताउनुभएको छ । हेटौडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय प्रतिपक्षको भुमिका हेर्दा फ्रस्टेसनको शिकारभएको महशुस गरेको दावी गर्नुभयो ।
उहाँले ‘लामो समय सत्तामा बसेको पार्टी अहिले बाहिर हुँदा फ्रष्टेशनमा छ’,‘कुनै एजेण्डा बिना हाल गरिएको आन्दोलनको कुनै तुक छैन ।’ आफ्नो नेताले भ्रष्ट्राचार गर्दा चुप बस्ने अनि अरुको सानो गल्ती खोज्दै हिडने प्रबृत्ति ठिक नभएको बताउनुभयो ।
सरकारको कामप्रति पनि असन्तुष्टि व्यक्त गर्दैै उहाँले सरकारको कमजोरीको विषयमा सचिवालय स्तरमा गम्भीर छलफल हुने बताउनुभयो । तीनै तहको सरकारले शुसासन, भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने नेता नेपालको जोड छ ।
‘एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य हुँदैन, सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न पनि सक्दैन’, उहाँले भन्नुभयो । उहाँले पार्टी एकताको विषयमा कुरा गर्दै कसैले गोजीबाट निकालेको व्यक्ति संगठनको नेतृत्वमा बस्न नहुने बताउनुभयो । उहाँले अहिलेसम्म पनि पार्टी एकिकरण तल्लो तहमा जान नसकेको गुनासो गर्नुभयो ।
‘व्यक्ति व्यक्ति बीचको एकिकरण होइन, संगठन संगठनको एकिकरण हो, सिनियारिटको आधारमा नेतृत्व चयन हुनपर्छ’ नेता नेपालले भन्नुभयोः ‘हामी सबै तहको नेतृत्व टुङ्गो लगाउने प्रक्रियामा छौं, केही समयभित्र सबै तहको नेतृत्व टुङ्गो लाग्छ, तर संगठन निर्माणको नाउँमा गोजिबाट निकालेको ब्यक्तिलाई नेतृत्व भने दिन सकिँदैन भन्नुभयो ।

