नेकपा बाँकेको जिल्ला प्रथम बैठक सम्पन्न

नेकपा बाँकेको शुक्रबार सम्पन्न प्रथम पूर्ण बैठकले कार्यालय गठन गरेको छ । ७ सदस्यीय कार्यालयमा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष आईपी खरेल सहित डिल्ली बराल (अमिर केसी) र सब्बिर खाँ तथा पुर्ब नेकपा एमालेबाट सचिव अशोक कोइराला सहित निरक गुरुङ, रत्न खत्री र प्रमोद धिताल रहेका छन । यसैगरी कार्यालयको आमन्त्रित सदस्यमा पुर्ब माओवादी केन्द्रबाट अवराज खड्का, रेणुका खड्का र दिपेन्द्र शाह तथा पुर्ब एमालेबाट पदम धिताल, अव्दुल हुसेन खाँ र अशोक कर्माचार्य रहेका छन । कार्यालयमा आमन्त्रिक सदस्यको मताधिकार रहनेछैन् । नेकपाको केन्द्रमा पार्टी संचालन गर्दै आएको सचिवालय जस्तै जिल्लास्तरमा कार्यालय गठन भएको हो ।
बैठकले कात्तिक २ गते पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरुको प्रशिक्षण आयोजना गर्ने, स्थानीय पालिका कमिटीबाट प्रक्रिया पुरा गरि आएका नामहरु अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकले सचिवालय लगायतका अन्य निर्णयका लागि कार्यालयलाई जिम्मेवारी दिएको छ । अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश ५ का इन्चार्ज शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा लगायतका नेताहरुको उपस्थिती रहेको सचिव अशोक कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here